मेरो जीवनको लक्ष्य Poem by Pratikshya Sedhain

मेरो जीवनको लक्ष्य

धोका हो मेरो जिबन को लक्ष्य
म सँग जोडिएक एक एक व्यक्तीलाई धोका
मेरा बाबुलाई धोका मेरी आमा लाई धोका
मेरा साथी, सङ्गी अनि मित्रलाई धोका
मेरो जीवनसाथीलाई धोका
अनी मेरा सन्ततिलाई धोका
अहिले बाचिरहेको यो कठिन जीवनलाई धोका
मृत्युलाई अङ्गाल्दै यो जीवनलाई धोका
लक्ष्य यो जीवनको जीवनलाई नै धोका

मैले फेरेको हरेक श्वासलाई धोका
मैले पिएको हरेक थोपा पानीलाई धोका
मेरो नशामा बग्ने रातो रगतलाई धोका
अनी मेरो पार्थीक शरिरलाई धोका
लक्ष्य यो जीवनको जीवनलाई नै धोका

म जन्मिएको यो जन्मभुमिलाई धोका
म हुर्किएको यो पखेरिलाई धोका
म हिडेका यि बाटघाटालाई धोका
अनी म बाचेको यो मातृभुमिलाई धोका
लक्ष्य यो जीवनको जीवनलाई नै धोका

मेरा हरेक इछ्या र आकान्क्षालाई धोका
मेरा हरेक चाहनलाई धोका
मेरा हरेक सपनालाई धोका
अनी जीवन जिउने मेरो लक्ष्यलाई धोका
लक्ष्य यो जीवनको जीवनलाई नै धोका

Monday, May 16, 2016
Topic(s) of this poem: determination
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Pratikshya Sedhain

Pratikshya Sedhain

Kathmandu
Close
Error Success