भएको पनि गुमाए Poem by Basanta Lohani

भएको पनि गुमाए

मेरा पछिका बिपनाहरु
रातका सपना हुन् कि
क्षितिजका मधुर संगम
लहलहाउदा कल्पनाहरु
कही तरङ्गिएका तरङ्ग हुन् कि
पुजा गर्न भनि जादा
झन पाप पो बिकी आए
गंमा स्नान गर्दा
झन अपवित्रता पो ल्याए
अधिकार खोज्न जादा
भएको पनि गुमाए
घाउ निको पर्दा
अरु चोट थपी आए
म हास्छु
तर यो मेरो हासो होईन
यो गीत मेरो आफ्नो होईन
म आफुले आफैलाई चिन्दिन
अरुले के चिन्लान्
आफ्नो ढुकढुकी
म आफै सुन्दिन
अरुले के सुन्लान

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success