नेपाली कविताः— घुम्टो भित्रको यौवन Poem by Tulsi Shrestha

नेपाली कविताः— घुम्टो भित्रको यौवन

नेपाली कविताः— घुम्टो भित्रको यौवन
गोधूलि त्योआगमन संगै, लालिमा छायो सारा आकाशमा
धरातल हल्लियो त्यो मुटुको, अछूत घुम्टो भित्रको यौवनमा ।
आतुर थिईन् कति उनी, अस्मिता त्याग्न प्रियको समर्पणमा ।
अँध्यारो रातको प्रसवकालमा, साम्राज्य छायो बादलको आकाशमा ।
देखेर उर्लन्दो बेग दुई नदीहरुको, चद्र लजाइ बादलबीच लुक्यो ।
आरोह अबरोह स्वास प्रस्वासको, सूत्र बन्यो प्रणय दिवसको
रातको आगोसमा हुर्केको, ती दुई योैवन लौ हेर ।
व्यस्त भए रात्री कालको, संगीत रच्नमा यति खेर ।
दुई देहबीच एउटा आत्मा, विधाता बन्यो सारा रातको ।
सूर्य त्योदिन उदाउनै भुल्यो, अल्झेर चद्रमाको प्रेममा ।
रचनाकार ः—तुल्सी श्रेष्ठ

Monday, August 14, 2017
Topic(s) of this poem: love,god
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success