सुन्दर बिहानीको प्रतिक्षामा Poem by Basanta Lohani

सुन्दर बिहानीको प्रतिक्षामा

बन्दुकाको निसाना लाग्दा लाग्दा
रक्ताम्मे भएको मन
अब नदुख्ने भइसकेको छ
त्यसैले चरैतिरबाट निशाना दागिरहेका
तिनका हातहरु थरथर काम्न थालेका छन्
जब एउटा फूलमा
पहिलो पटक परेको सूर्यको किरण
त्यस्को तरेलीमा
टपक्क परेको शीतको दानासँग चिप्लेटी खेल्छ
त्यहा कोटी सूर्यको उज्यालो
दिप्यमान भएका हुन्छ
त्यसैले त एउटा शीतको थोपासँग
अजङ्गका बन्दुक बोकेका हातहरु
काम्न थालेका छन्
त्यो थोपा
कुनै पनि क्षण विलय हुन सक्छ
आफ्नै धरासँग
यहिको बगरमा, यहिको पाटोमा
तर त्यो दिप्यमान किरण
उषाको लालिमा बनेर
एउटा सुन्दर बिहानीको प्रतिक्षारत छ

COMMENTS OF THE POEM
Vishal Sharma 25 May 2013

wow nepali poem love it ?????? ??

0 0 Reply
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success