उत्सव Poem by Basanta Lohani

उत्सव

सुनौलो बिहान देखे
म भित्रको मलाई देखे
मेरी सहयात्री
यो लामो यात्रामा
भावनाका झङ्कारहरु
परसम्म फैलिदै गएको देखे
मैले देख्न सकेसम्म पर
मैले सुन्न सकेसम्म पर

तिमीले दिएका दुई थुङ्गाहरु
पल्लवित भएका छन्
यसरी बनेको जीवनको उत्सव
हाम्रो श्वास-प्रश्वासको उत्सव
मेची देखि काली सम्म
पहाडदेखि तराई सम्म
यो राष्ट्रको उत्सव बनोस्
यो देशलाई माया गर्नेहरुको
उत्सवको पनि उत्सव बनोस्

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success