कुनै एक क्षेत्रमा
म त्यस क्षेत्रको अनुपस्थिती हु
यो सधै त्यही मामला हो
म जहाँ भएता पनि
सधै हराइरहेको छु
जब म हिड्छु
हावालाई छुट्टाउछु
अनि सधै हावा सर्न थल्छ
त्यो रिक्त ठाउँ ओगट्न
जहाँ मेरो शरीर रहेकोथ्यो
हामी सबैको स्थानान्तरणमा
केही कारण छ
र म कदम चाल्छु
सबै कुरा अखण्ड राख्न