नेपाली कविताः—मेरी मायालु
नारी सौन्दर्यको बखान गर्दा
भाषा तरंगित भई निसक्यो ।
निर्जीव शब्दले जीवन पाई
भाषा अभिब्यत्तिको माध्यम बन्यो ।।
देखेर तिम्रो मादक रुप
तिम्रो प्रतिविम्ब आफै लजायो ।
मदहोस भई आफैलाई भुलेर
तिम्रो छायाले तिमीलाई पछ्यायो ।।
लौ हेर तिम्रो यौवन रापले
पत्थर पग्लेर नदि बनेछ ।
देखेर तिम्रो मोहनी रुप
हिमालयमा नै डढेलो लागेछ ।।
तिम्रो देहको सुवास सुध्न
बसन्त ॠतु पछि लागे ।
कलिला मुना पलाउन थाले
सुकेका ती वृक्ष-लतामा ।।
दुःख पोख्ने तिमीलाई नेेै हो
सुख बाँड्ने तिमी संगै हो ।
को छ र, मेरो यो दुनियामा
मेरो भन्नु , तिमी नै हो ।।
तिम्रो मेरो प्रेम मिलनको
वाचा बन्धन देह संगमको ।
मधुर महक फैलियो कुसुमको
उत्कृष्ट योग नव रचनाको ।।
रचनाकारः—तुल्सी श्रैष्ठ
This poem has not been translated into any other language yet.
I would like to translate this poem