नेपाली कविताः—मेरी मायालु Poem by Tulsi Shrestha

नेपाली कविताः—मेरी मायालु

नेपाली कविताः—मेरी मायालु
नारी सौन्दर्यको बखान गर्दा
भाषा तरंगित भई निसक्यो ।
निर्जीव शब्दले जीवन पाई
भाषा अभिब्यत्तिको माध्यम बन्यो ।।

देखेर तिम्रो मादक रुप
तिम्रो प्रतिविम्ब आफै लजायो ।
मदहोस भई आफैलाई भुलेर
तिम्रो छायाले तिमीलाई पछ्यायो ।।

लौ हेर तिम्रो यौवन रापले
पत्थर पग्लेर नदि बनेछ ।
देखेर तिम्रो मोहनी रुप
हिमालयमा नै डढेलो लागेछ ।।

तिम्रो देहको सुवास सुध्न
बसन्त ॠतु पछि लागे ।
कलिला मुना पलाउन थाले
सुकेका ती वृक्ष-लतामा ।।

दुःख पोख्ने तिमीलाई नेेै हो
सुख बाँड्ने तिमी संगै हो ।
को छ र, मेरो यो दुनियामा
मेरो भन्नु , तिमी नै हो ।।
तिम्रो मेरो प्रेम मिलनको
वाचा बन्धन देह संगमको ।
मधुर महक फैलियो कुसुमको
उत्कृष्ट योग नव रचनाको ।।

रचनाकारः—तुल्सी श्रैष्ठ

Sunday, August 13, 2017
Topic(s) of this poem: beauty,love
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success