नेपाली कविताः-विधाताको हो हाम्रो जीवनको
संवाद त्यो मृत्यु र जीवनबीच को
कति भयावह हुन्छ बाढीग्रष्ट क्षेत्रको ।
विधाताको हो हाम्रो जीवनको ?
असह्य भयो ताण्डव मृत्युको ।
कति लाश तैरियो नदी तटमा
अनाथ भयो कति एकै पलमा ।
सिंन्दुर पुछियो कति नव यौवनको
भविष्य बग्यो हाम्रो बाढीको प्रवाहमा ।
घर बग्यो, बालि पुरियो हे दैव
अर्थ के रह्यो तिम्रो पूजाको ।
सिमित रह्यो तिम्रो अनुकंम्पा
स्वर्ण प्रतिमा पूज्ने समूह मै ।
नाटकिय अवलोकन हुन्छआकाशबाट
नेतृत्व वर्गको अति ठूलो जमातले
खोक्रो आश्वाषन बाहेक केही
पाएका छैनौ हामी सब गरीबले ।
कसले बुझ्यौ खै, मर्म हाम्रो आँसूको
मग्न छ समाज, विलास आफू मै ।
संवेदनशीलता हरायो, तिमीहरु सबमा
भाईचारा सदासयता गयो कता यी दिलहरुमा ।
रचनाकार ः तुल्सी श्रेष्ठ
This poem has not been translated into any other language yet.
I would like to translate this poem
बहुत सुन्दर कविता जिसमे बाढ़ से हुयी तबाही के मद्देनजर मनुष्य की आस्था तथा ईश्वर क अस्तित्व पर प्रश्नचिन्ह लगा नज़र आता है. आपका हार्दिक धन्यवाद, तुलसी जी. नेपाल गंज में मेरे एक मित्र थे गोविन्द राज श्रेष्ठ- संगीतकार. उनके बारे में आप जानते हैं? घर बग्यो, बालि पुरियो हे दैव / अर्थ के रह्यो तिम्रो पूजाको । सिमित रह्यो तिम्रो अनुकंम्पा / स्वर्ण प्रतिमा पूज्ने समूह मै ।