नेपाली कविताः—मायाको तरंगहरु
तिम्रो दिलको हर धडकणमा
मैले आफ्नै हस्ताक्षर
कोरेको छु ।
तिम्रो दिलको मन मन्दिरमा
आफ्नो नामको दियो
बालेको छु ।
कैद गरिकन ती
प्रभातका सुनौला किरणहरु
उपहार म तिमीलाई दिनेछु ।
तिम्रो सौन्दर्यवाट परावर्तित
सु-भ प्रभातका किरणहरु
म चुम्न चाहन्छु ।
मेरो नजरको तृष्णा मेट्न
तिम्रो सौन्दर्यलाई, म
परेला भित्र कैद गर्न चाहन्छु ।
मेरो आगमनको सम्मानमा
तिम्रो नितम्ब चुम्ने कालो केस
हावा संगै फरफराए छ ।
मेरो मनले जप्ने
त्यो शासत्व शब्द नै
तिम्रो प्रेमको प्रतिध्वनि भएछ ।
लौ हेर प्रिय वन उपवनमा
तिम्रो मधु मुस्कानले
डढेलो लागेछ ।
शब्द मेरो कविताको, तिमी
त्यसैले तिमी मेरो
जीवनको अपरिहार्यता पनि ।
मेरो कविताको शब्द तिमी
अनि प्रियतम
अनुप्रासको मिठास पनि ।
मेरो आवाजको प्रतिध्वनि तिमी
मेरो गीतको संगीत पनि तिमी
छन्द र लयको उदगमस्थल पनि ।
निर्मल त्यो तिम्रो छविको
उपमा दिन, गर्छु म
रचना नव भाषाको
रचनाकार : - तुल्सी श्रेष्ठ
This poem has not been translated into any other language yet.
I would like to translate this poem