नेपलाी कविताः—तिमी मेरो सूर्यमुखी Poem by Tulsi Shrestha

नेपलाी कविताः—तिमी मेरो सूर्यमुखी

नेपाली कविताः—तिमी मेरो सूर्यमुखी
दिनमै उदाइहालेछ चंद्र पनि
नअस्ताउन्दै त्यो सूर्य देवता ।
आतुर कति छन् यी दुवेै
हेर्न तिम्रो देहको मादकता ।।

नितम्ब चुम्ने कालो केस
कालो घटाकेेै विम्ब बनेछ ।
लहसिन्दै चंचल पवनले
अविरल वर्षाको उदघोष गरेछ ।।

तिम्रो चरणका डोबहरु चुम्न
जल तरंग निसक्यो सागरवाट
अनि झुक्यो सगर पनि
अभिमान त्यागि एकातिर ।।

तिम्रो आशुको प्रतीक बने
सब सागरको नुनिलो पानी ।
तिम्रो चचंलताकाे विम्ब बने
कलकलाउन्दो नदीको पानी ।।

आरधना म तिम्रेा गर्छु
बनेर पुजारी तिम्रो रुपको ।
कोपिला रुपि अर्को जीवन
प्रतिफल बन्नेछ हाम्रो प्रेमको ।
मनमोहक बन्यो गुलावी गाला
गहिरो भूमरी बीचमा पर्दा ।
रसाएका यी दुई अधरहरु
मधुकुण्ड बने मेरो चुम्बनको ।।

रचनाकार तुल्सी श्रेष्ठ

Sunday, August 13, 2017
Topic(s) of this poem: beautiful,god
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success