केही मुत्तकहरु ः— Poem by Tulsi Shrestha

केही मुत्तकहरु ः—

केही मुत्तकहरु ः—
मेरो नयनको ज्योति तिमी
अधरको मुस्कान पनि तिमी
मेरो जीवनको हरेक प्रतिविम्बमा
म त देख्छु तिमी नै तिमी ।

अन्धोलाई ज्योति प्यारो
लाशलाई भै दियो जीवन प्यारो
मेरो लागि याे धर्तीमा अब
तिमी जस्तै को छ त प्याराे ।

फूल गुलाफको शैया भयो
चद्र बादलबीच लुक्यो
मिलनको त्यो रातमा
दुई देह एक भयो ।

म आकाश, धर्ती तिमी
म रज, डिम्ब तिमी
संगम हाम्रो सृष्टिको सौगात
म भमरा, फूल तिमी ।

आशुविनाको रोदन कस्तो
गतिविनाको जीवन जस्तो
अर्थ नै के रह्यो हेर प्रिय
तिमी विनाको जीवन कस्तो ।

Sunday, August 13, 2017
Topic(s) of this poem: flowers,life,love
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success