नेपाली कविताः- हाँसोभित्र लुकेको रोदन
अस्तित्वको खोजिमा भौतारिएको एउटा मानव
प्रतिविम्ब बन्न पुगे आफेै, जिउँदो लाशको ।
हाँसोभित्र लुकेको, यो मेरो रोदन
अन्तर मनको पीड़ा, नाटक बन्यो रंगमन्चको ।
क्षितिज साघुरियो मेरो लागि, बस्ने ठाउँ नै छैन
बिरानो लाग्यो घर आगन पनि, रोई दिने कोही छैन ।
अतृप्त चाहानाका ती अवशेष र आवेगहरु
रुपान्तर हुन पुगे, प्रज्वलित तरल अग्नि कुण्डमा ।
स्वाभिमानको गर्भभित्र म संधै अलमल्लिए
नैतिकताको नशामा लठ्ठिएर, बने म अधूरो मान्छे ।
आडम्बर होईन, प्रतिफल बने म आफ्नेेै लाचारीको
आर्दश मेरो, उपहास कारण बन्यो, आफ्नै सहयात्रीको ।
अपरिचित हुन पुगे आफन्त र सहपाठीबीचमा
पैसामा अल्झिएको यो नाता किन यति सस्तााे ।
लौ अब प्रतिविम्ब मेरो हरायो, घर केै ऐनामा
गन्तब्य मेरो जीवनको, अब मानसिक यातना शिविरमा ।
रचनाकार ः- तुल्सी श्रेष्ठ
This poem has not been translated into any other language yet.
I would like to translate this poem