नेपाली कविता ः- संधर्ष Poem by Tulsi Shrestha

नेपाली कविता ः- संधर्ष

नेपाली कविता ः- संधर्ष
हरेक रात मेरा मधुर सपनाहरु
पानीमा कोरिएको रेखा झै बिलाए पनि
हरेक दिन म मृत्यूसंग संधर्ष गर्छु ।

यथार्थ खोतल्ने प्रयासको क्रममा
मेरो वर्तमान अतीतमा हराए पनि
म सुख किन्ने अभियानमा लाग्छु ।

अाफन्तहरु संग सम्झौता गर्ने क्रममा
मेरा ईच्छा र आकांक्षाहरु बलात्कृत भएपछि
पीडालाई म अंगालो म कस्छु ।

अाध्यात्मिक र ज्ञानी बन्ने क्रममा
मेरा आस्था र विस्वास भंग भएपछि
बल्ल म सामाजिक सदाचारको मूल्य बुझ्छु ।

रित्तिसकेको गाग्री बोकेर
आफ्नो आदर्शलाई धितो राख्न परेपछि
म आफ्नै छायालाई लखेत्न थाल्छु ।

आशाका किरणहरु केैद गर्ने क्रममा
संरक्षणको नाममा रगत चुस्नेहरु देखेपछि
म नैरास्य र एकान्तसंग साईनो गास्छु ।

रगतको नाता र सामाजिक बन्धन
पैसाको तराजुमा तौलिन परेपछि
अनि म माया र ममताको महिमा बुझ्छु ।

विकृतिसंग संघर्ष गर्ने क्रममा
समाजव्दारा तिरस्कृत भएपछि
आफ्नै मौलिक अस्तित्वलाई गुमाउन पुग्छु ।

दिवा सपना देखेर रोमाञ्चित हुने क्रममा
पलाउन लागेका आशाहरु गर्भमै तुहिन थालेपछि
म मृग तृष्णाको सही अर्थ बुझ्छु ।
रचनाकारः— तुल्सी श्रेष्ठ

Sunday, August 13, 2017
Topic(s) of this poem: god,life
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success