नेपाली कविताः— चिता Poem by Tulsi Shrestha

नेपाली कविताः— चिता

नेपाली कविताः— चिता
क्षितिजलाई समेट्न खोज्ने ती हातहरु
ब्रम्हाण्डलाई आधिपत्य जमाउन खाज्ने ती आकांक्षाहरु
आखिर शून्यतामै विलाउनेछ ।

उत्पीडन र हिंसा गर्दा रमाउने ती मनहरु
अरुको अस्मिता लुटेर मदहोस हुने ती तनहरु
आखिर खरानी भएरै विलाउनेछ ।

राष्टिय अखण्डतालाई विखण्डण गर्ने ती नेताहरु
ईमान बेचेर पैसा कमाउने ती कुवेरहरु
आखिर अाफ्नै चितामा विलाउनेछ ।
अत्याचार र दुराचारले रसाएका ती आँखाहरु
अाफन्तले चिठोरेर बनाएका ती घाउहरुलाई
आखिर चिताले सान्तवना दिनेछ ।
यी सव अहम् र स्वार्थ के को लागि...... ?
आफ्नो अस्तित्व बचाउने मृग तृष्णाको लागि....?
आखिर चिताले नै यसको न्याय गर्नेछ ।
रचनाकारः— तुल्सी श्रेष्ठ

Sunday, August 13, 2017
Topic(s) of this poem: god,life
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success