नेपिली कविता ः—प्रियतम
तिम्रो सौन्दर्य नियाल्दै गर्दा
सूर्य यहाँ अस्ताउन भुल्छ ।
तिम्रो यौवनको छवि हर्न
अध्यारो चिरी चन्र्द चियाउन्छ ।
तिम्रो प्रेमको मौन अभिव्यक्ति
मेरो मनले सुस्तरी सुन्यो
उच नीचको परिधि तोडेर
क्षितिज झुकेर धर्ती चुम्यो ।
प्रतीक बन्येा तिम्रो आशुको
सब सागरको नुनिलो पानी
विम्ब बन्यो तिम्रो चंचलताको
कलकलाउन्दो नदीको पानी ।
चंचल नयनले बिजुली गिरायो
मन घायल भै होस हरायो
मदहोस यो देहलाई फेरि
तिम्रो चुम्बनले चेत जगायो ।
लयबध्द स्वरमा सब पन्छीहरु
गर्छन् सिर्जना मधुर गीतको
बखान गर्न तिम्रो रुपको
दरकार भएन कुनेै भाषाको ।
तिम्रो गीतले मयूर नचायो
तिम्रो रुपले पवन सुसायो
तिम्रो भारले पृथ्वी कम्पायो
तिम्रो यौवनले हिमचुलि पगाल्यो ।
This poem has not been translated into any other language yet.
I would like to translate this poem