नेपाली कविताः—विवसता Poem by Tulsi Shrestha

नेपाली कविताः—विवसता

Rating: 2.5

नेपाली कविताः—विवसता
या त तिम्रो अहमको उपहार हो याे
या त मेरो विवसता कै प्रतिफल हो याे ।
दुई नदीको संगम, बनेन प्रेम हाम्रो
उपहासको पात्र बन्यौ.हामी सबैको ।

सागर झेै लाचार भयौ हामी
पिउँन्दै नमिल्ने पानी त्यो ।
प्रतीक भईदियो, हाम्रो प्रेमको
पीडा त्यो शिरिष फूलकाे ।

विडम्बना कस्तो यो हाम्रो
नदीको तिरस्कृत दुई किनार झेै ।
न मिल्न सक्यौ, न त छुट्न सक्यौ
किन बुझथ्यो नदीले, कुण्ठा हाम्रो प्रेमको ।

विवसताको, त्यो तिम्रो मेराे आँगनमा
दुःख र यातनाको फूल फुलेछ ।
समाज लठ्ठिएछ, त्यस्को सुवासले
विम्ब यो कस्तो खोक्रो आदर्शको ।

उमंगविनाको जिउँदो लाशहरु
चिरा चिरा परेका नदीका किनारहरु
छतपतिएका बलिका ती पशुहरु
विम्ब हुन् ती घायल, हाम्रा मटुहरुका

रचनाकारः— तुल्सी श्रेष्ठ

Monday, August 14, 2017
Topic(s) of this poem: heart,love
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success