नेपाली कविताः—विवसता
या त तिम्रो अहमको उपहार हो याे
या त मेरो विवसता कै प्रतिफल हो याे ।
दुई नदीको संगम, बनेन प्रेम हाम्रो
उपहासको पात्र बन्यौ.हामी सबैको ।
सागर झेै लाचार भयौ हामी
पिउँन्दै नमिल्ने पानी त्यो ।
प्रतीक भईदियो, हाम्रो प्रेमको
पीडा त्यो शिरिष फूलकाे ।
विडम्बना कस्तो यो हाम्रो
नदीको तिरस्कृत दुई किनार झेै ।
न मिल्न सक्यौ, न त छुट्न सक्यौ
किन बुझथ्यो नदीले, कुण्ठा हाम्रो प्रेमको ।
विवसताको, त्यो तिम्रो मेराे आँगनमा
दुःख र यातनाको फूल फुलेछ ।
समाज लठ्ठिएछ, त्यस्को सुवासले
विम्ब यो कस्तो खोक्रो आदर्शको ।
उमंगविनाको जिउँदो लाशहरु
चिरा चिरा परेका नदीका किनारहरु
छतपतिएका बलिका ती पशुहरु
विम्ब हुन् ती घायल, हाम्रा मटुहरुका
रचनाकारः— तुल्सी श्रेष्ठ
This poem has not been translated into any other language yet.
I would like to translate this poem