नेपाली कविताः—मेरो आँखाकेा नील सागरमा Poem by Tulsi Shrestha

नेपाली कविताः—मेरो आँखाकेा नील सागरमा

नेपाली कविताः—मेरो आँखाकेा नील सागरमा
नियालेर हेर, यी मेरा निच्छल आँखाहरुमा
तिम्रो प्रतिविब्म सुरक्षित छ, प्रिय त्यहाँ ।
प्रेम मंन्दिरको व्दार ती हुन्, बूझ तिमी यहाँ
माैन परिवेश भित्र पूर्ण शब्दकोष छ जहाँ ।

मेरो चंचल नयनको तिखो वाणले
को छ र, घायल नहुने यो जगतमा यहाँ ।
गृष्मकालीन ताप सब सेलाउन्छ
मेरो परेलाकाे शीतल छहरा माझमा ।

अधरको मुस्कान भन्दा मनमोहक मेरा
ती नील महासागरका दुई विम्बहरु ।
पिएर हेर प्रिय, मदीरा मेरो मादक आँखाकाे
अघाउदेेैनो कहिले तिमी, चेतना गुमाएपनि ।
डूबेर रमाऊ प्रिय तिमी, तिलस्मी यो सागरमा ।

नयन मेरो उदगम स्थल, त्यो प्रेम गंगाको
ममताको प्रतीक भई, सदा बहन्छ त्यो ।
सब सगार एक भई उर्लन्छन्, हेर है
आक्रोशित भई दिन्दा, ती नेै मेरा नयनहरु ।
सहस्त्र ज्योति प्रज्वलित हुन्छ, ती मेरा नयनमा ।

Monday, August 14, 2017
Topic(s) of this poem: life,love,sea
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success