नेपाली कविताः- वेदना
आफ्नै नामको यो शहरमा
अस्तित्च आफ्नो खोज्दै रहे ।
अपमानको आशू पिएर पनि
कुकूरको भुकाई सुनि रहे ।
ऐनामा प्रतिविम्ब नदेखिएपछि
आफ्नतको रात्रि भोजमा के जानू ।
छायाले नै साथ छोदेपछि
संन्तानमा आत्मियता के खोज्नु ।
विक्षिप्त मन र निर्वल तन
सहारा नपाई घर्सन्देै थिए ।
सत्य खोच्याउन्दै हिदेको देखेर
असत्य खित्काछोदि हाँसे ।
जिउँदो मानव वस्तिमा पनि
गिध्दहरुको रजाई चल्दै रह्यो ।
वुध्द र अहिंसा अव
हिंसाको पर्यायवाचक वन्दै गए ।
नैतिकता र आर्दशका पन्नाहरू
धमिराका आश्रमस्थल बन्दै गए ।
This poem has not been translated into any other language yet.
I would like to translate this poem