नैतिक विचलन राजनीतिमा (भाग ख)
हिजो देशलाई बन्धक राख्नेहरु नै
आज राष्र्टियताको नाम लिएर कुर्लने गर्छन
विडम्बना यो कस्तो, कहालिलाग्दो ।
देशको राज्य सत्ता र सिङ्गो न्याय प्रणाली
जब एउटा व्यत्तिको अगाडि निरीह बन्छ भने
खान्दैनन त, कानूनका पन्नाहरु धमिराले ।
सुकिला मुकिला होइन, पसिना चुहाउनेको नेतृत्व गर्नेहरु
टाई र सूटमा सजिएर, पाँचतारे होटेलहरुमा
पुग्छन सधै, पूजीपतिहरुको रात्री भोजमा ।
राम्रा सब बगाइलाने, हाम्रा मात्र बाँकी राख्ने
भेल यो कस्तो, विकृत राजनीतिको
मूल्य नै नहुने, अनि नैतिकताको ।
गोलीका छर्राहरु बोकेर बाचेका असहाय जीवनहरुले र
जलाइएका निर्दोषीका घरहरु र उदाइएका पुलहरुले
खोज्दैछन् अब, जन आन्दोलनको औचित्प ।
असत्य विलासितामा रमाउन पाउने
सत्य सधै खोच्याएर हिदनु पर्ने
कस्को वकालत गर्दैछ, राज्य सत्ताले ।
सत्तामा सधै एकल जाती कै उपस्थिति
महिला मन्त्रालयमा पनि पुरुष कै बाहुल्य
यही हो त, समानुपातको अनुपम उदारण ।
हिजो जनताको दुःख देखेर भक्कानिएर रुने आँखाहरु
शोषनको विरुध्द उठेका ती नेताहरुका हातहरु
फगत संवेदनहीन, नाटक थियो त ।
कति व्यबस्था बदलिए, कति व्यत्तिहरु बदलिए
बदलिएन त एउटै चिज, त्यो हो नेताहरुको प्रवृति
कस्तो विचलन र विसंगति राजनीतिको ।
रचनाकर ः- -तुल्सी श्रेष्ठ
This poem has not been translated into any other language yet.
I would like to translate this poem