नेपाली गजलः- समर्पण
प्रियतम म तिमी भित्र हराउन चाहन्छु ।
मदहोस भई तिमी भित्र रमाउन चाहन्छु ।।
स्वच्छन्दता होइन म तिम्रो संरक्षण चाहन्छु ।
समर्पणमा नै म जीवनको आभास पाउन्छु ।।
तिम्रो जीवनको अधूरोपनलाई म पूर्णता दिनेछु ।
अर्धागिनी बनि सधैको लागि म तिम्रो प्रेरणा बन्नेछु ।।
तिम्रो तृष्णा मेत्न म सुखको मुहान भई फुत्नेछु ।
चोखो माया दिन म हिम नदी भई बग्नेछु ।।
दुःखको हरेक पलमा पनि म तिम्रो साथमा हुनेछु ।
जितेर होइन हारेर पनि म तिमीलाई पाउनेछु ।।
मेरो अाँचलको छहरा मुनि तिमीले स्वर्ग पाउनेछौ ।
मेरो अधरको मुस्कानले तिमीलाई नव जीवन दिनेछ ।।
अस्तित्व मेरो तिमीमा विलाउन्दा नया कोपिला पलाउनेछ ।
सृष्टिको क्रम जारि रहन्दा परम ब्रम्हा रमाउनेछ । ।
रचनाकार तुल्सी श्रेष्ठ
This poem has not been translated into any other language yet.
I would like to translate this poem