सम्झनामा उनी Poem by Ramesh Shrestha

सम्झनामा उनी

आज फेरी उसैले सम्झी जस्तो छ
माया मारी भन्ने ठानेको, होइन रहेछ
कसरि हुन सक्थी र यती निस्ठुरी
अनि त आऊँछिन् भेट्नलाई
सुस्तरी सुस्तरी lǀǀ

तिमी आउँदा मुटु मेरो हल्लि रहन्छ
के गरु कसो गरु भइ रहन्छ
सम्हाल्न खोज्छु यो मन तर
केहि गर्न सक्दिन
भागुं भागुं लाग्छ तर
पाउ सर्दै सर्दैन ǀǀ

आँखा अघि आउँछ अझै आतितका ति पल
लुकामारी खेल्ने गर्थेऊ हामी हरपल
म लुक्दा तिम्ले भेटी हाल्थेऊ मलाई
तर,
तिमी लुक्दा सकिन भेटाउन तिम्लाई
कहिल्यै कहिल्यै ǀǀ

सपनामा पनि आउन थाल्यौ अब त तिमी
छोडिनौ हाई पछ्याउन निन्द्रामा पनि
कति माया गर्छेउ मलाई प्राण भन्दा धेरै
मलाई सामु नपाउदा नि
खोज्छ्यौ घरीघरी ǀǀ

तर,
मैले तिम्लाई कहिल्यै आफ्नो मान्न सकिन
तिम्रो माया मलाई कहिल्यै लाग्दै लागेन
बरु तिमी नहुँदा हर्षित म हुन्छु
तेसैले त भूकम्प
तिमी कहिल्यै नआउ भनि
प्रार्थना म गर्छु
प्रार्थना म गर्छु ǀǀ

(२०७३/०२/०२, ११: ४० उत्तर मध्यान्न)

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success