मायाको बेदना। Poem by Bigyan Mainali

मायाको बेदना।

फूल पठाए पछी उसले पथ्थर पठाएको छ!
समयले सपनाको शहर यसरी बगाएको छ!
त्यो घामको ताकत पनि अब फगत हूनेछ!
आज यसरी आँशुले सिरानी भिजाएको छ!
उ बूद्द बनेर फर्किएला वा हिटलर बनेर....
अदालतले निर्दोष लाइ सजाँय सुनाएको छ!
मैले आफन्त बनाउन यसकारण छाडे....
यहाँ हर मान्छेलाइ आफन्तले नै रूवाएको छ!
मैले मुटू दिएर जस्लाइ बाच्न सिकाएको थिए...
उसैले जिवन लाइ मर्न सिकाएको छ! ! !

Tuesday, June 27, 2017
Topic(s) of this poem: love
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Bigyan Mainali

Bigyan Mainali

Panchkhal-9 kavrepalanchok Nepal
Close
Error Success