गजलः- -वासना भित्रको प्रवृति
वासनाको ज्वालामा रमाउने, तिम्रो माया किन यति सस्तो ।
आफ्नोलाई छोडेर, अरुसंग लहसिने, तिम्रो प्रवृति हेर कस्तो ।।
मिलेर देखेको सुनौलो सपना, लाग्यो तिमीलाई किन यति सस्तो ।
नैतिकताको परिधि तोडेर, भाग्नेको चोखो माया हेर कस्तो । ।
तिम्रो सुखको लागि विदेशिने मजनुको, त्याग लाग्यो किन यति सस्तो ।
आफ्नै संन्तान छोडेर, भाग्ने तिम्रो वात्सल्य ममता हेर कस्तो । ।
धनको पछि लाग्ने वासनाको प्रतिमूर्ति, बुझे मैले किन यति सस्तो ।
देह सुखलाई नेै माया ठान्नेको,प्रवृति बुझे मैले हेर कस्तो।।
लाचार मानव जीवनको आर्दश हेैन किन यति सस्तो ।
मेरो अन्तर मनको पीडा नबुझ्ने मायालु ऊ हेर कस्तो । ।
रचनाकारः-तुल्सी श्रेष्ठ
This poem has not been translated into any other language yet.
I would like to translate this poem