चिता संगै बिलाउने यो जीवन Poem by Tulsi Shrestha

चिता संगै बिलाउने यो जीवन

गजलः—चितासंगै बिलाउने यो जीवन
भौतिक देहसंग जल्ने शासत्व सत्य यो कस्तेा
आवरण भित्रको निरर्वश्त्र आडम्बर हो यस्तो ।

खरानी संग गाभिएको देह यो कस्तो
मृत्यु संग लाचार हुने अभिमान जस्तो ।

लाशसंगै सेलाउने यो माया कस्तो
चितासंग बल्ने वात्सल्य हो यस्तो ।

लाशसंग शुरु हुने रोदन यो कस्तो
खहरे खोलाको प्रतिरुप हो यस्तो ।

चितासंग बल्ने यो वेदना कस्तो
मृत्युभित्र लुकेको रहस्य जस्तो ।

क्षणभर मै विर्सिने यो नाता कस्तो
चिता र लाशको सम्बन्ध जस्तो ।

सोच कति जटिल छ, यो मानव जीवन यस्तो
मृत्यु पछि पलाउने यस्कोअस्तित्व कस्तो।

खरानी भै बिलाउने, हेर यो जीवन कति सस्तो
मोक्षको नाममा पुनः लुटिने, हेर यो जीवन कस्तो ।

पैसामा तौलिने धर्म र कर्मकाणड कस्तो
बालुवामा खन्याइएको पानीको अस्तित्व जस्तो ।

नैतिकताको परिवेशभित्र पलाउने दुराचार कस्तो
निश्चय नै त्यो, आदर्शको खेती गर्ने महादानव जस्तो ।

रचनाकारः—तुल्सी श्रेष्ठ
by Tulsi Shrestha
@copyright reserved

Monday, April 1, 2019
Topic(s) of this poem: death,tulsi
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success