मौनताको परिवेशभित्र Poem by Tulsi Shrestha

मौनताको परिवेशभित्र

कविता- मौनताको परिवेशभित्र
मौनताको परिवेशभित्र, रोदन एउटी अवला नारीको
म हुँ एउटी याचिकाको पात्र, दिव्यदृष्टि दिने धर्मशास्त्रको ।
शान्तिको प्रतीक सेतो वश्त्र, बन्यो जिउँदो लाशको प्रतिविब्म हेर
जलेर डढ़ेको प्रियको त्यो लाशसंगै, जीवन गयो मेरो त्यसेै खेर ।

अदृश्य बन्धन यो कस्तो, मुत्तिको लालच किन यति सस्तो
प्रतिविब्म म हु पीडाको, बाढ़ म हु अतृप्त चाहानाको!
मझदारमा फसेको नाउँ म, अस्तित्व हराएको नारी म
सुगन्धबिनाको फूल म, दृश्य बिनाको नयन म ।

नारी र पुरुषबीचको असमानताको, सवल दृष्तान्त म
धमिराले खाएर सडेको,धर्मशाश्त्रको पन्ना म ।
अभिश्रापको प्रतिफल म, अशुभको प्रतीक पनि म ।
मातृत्वकोबिनाको नारी म, मृग तृष्णाको प्रतिविब्म पनि म।

अति भो अब, सह्य छेैनन्कुण्ठाग्रष्ठ अवधारणाहरु यी सब
विगूल फुक्नेछु म, नवः जागरण नारी मुत्तिको अब ।
बनाउन्छु म आफ्नै धरातल, अस्तित्वको मेरो भविष्यको
प्रतिविब्म मेरो, आफ्नो नै हुनेछ, बन्दिन छाया म कसैको ।

पुनरागमन हुनेछ वशन्त ॠतुको, यो मैरो जीवनमा
पलाउनेछन् मेरा आकांक्षाहरु, पालुवा बनेर हर वृक्षमा ।
रंगाउनेछु म मेरो आकास, ईद्रधणुषको वरमालाले
पाउने छु सहयात्री मैले,सवल दर्शन नवः दृष्टिकोणको!

रचनाकारः- -तुल्सी श्रेष्ठ
by Tulsi Shrestha
@copyright reserved

Monday, April 1, 2019
Topic(s) of this poem: tulsi
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success