मायाले पछ्याएका गोरेटोहरू Poem by Tulsi Shrestha

मायाले पछ्याएका गोरेटोहरू

कविता—मायाले पछ्याएका गोरेटोहरु
तिम्रो आँखाको नानी भित्र
मेरो मायाको आश्रयस्थल
कहाँ छ खाेज्दैछु म ।

तिम्रो स्वासको सुवास सुघ्न
सँधै तिम्रो छेउमा
हुनेछु म ।

मेराे मुटुको हरेक स्पन्दले
संगीतको लयमा
तिम्रो नाम जप्नेछ ।

मेरो उत्पतिको कारण तिमी
आदि अन्त पनि तिमी
जीवनको आधार पनि ।


कैद गरि राख्नेछु आँखा भित्र
तिम्रो सौन्दर्यलाई हरपल म
जीवनको अन्त सम्म।

विपनामा तिमीलाई देख्छु
सपनामा पनि तिमीलाई देख्छु
जताहे-यो उतैदेख्छु तिमी नै तिमी।

तिमी छाया मेराे देहको
यी दुई देहहरुको
एउटै प्रतिविम्ब।

तिमी आवाज मेरो शब्दको
अनि दुई स्वरको
एउटेै प्रतिध्वनि।

पुराना प्रेमका कथा भन्दा
हुनेछ पक्केै बग्लै हाम्रो
अनुपम प्रेम कथा ।

रचनाकिर: - तुल्सी श्रेष्ठ
Composed by Tulsi Shrestha
@ Copyright reserved

Wednesday, April 3, 2019
Topic(s) of this poem: love,tulsi
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success