कति साघुरो यो मुटु तिम्रो Poem by Tulsi Shrestha

कति साघुरो यो मुटु तिम्रो

कति साधुरो यो मुटु तिम्रो
संसार अटाउने तिम्रो मुटुभित्र
तिमी अटाउने नै ठाँउ छैन ।
स्वाभिमानको त्यो खेतमा
आत्मविश्वासको बीउँ बिना
आत्मसंम्मानको फल फुल्दैन हेर ।
स्वार्थीहरुको माझमा पनि
स्वार्थ भन्दा माथि उठि हेर ।
सोधि हेर तिमी आफैलाई, स्वयम तिमी
आत्मसंम्मानको योग्य छ कि छैन ।
अाफ्नै नजरमा गिरे पछि
बाच्नुको अर्थ नै के रह्यो।
नसोघ जीवनको परिभाषा तिमी
मृत्युलाई कहिले पनि ।

रचनाकार ः-तुल्सी श्रेष्ठ

Thursday, July 18, 2019
Topic(s) of this poem: heart
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success