साइनो Poem by Tulsi Shrestha

साइनो

साइनो
मृत्युसंग साइनो गासेको
एउटा जीवन ।
एक मुठ्ठी सांंस र एक पल
मायाको लागि
हर पल संघर्ष गर्छ ।
आफू र समाजसंग
रोग, गरिबी र लाचारीपन माझमा
समाज र आफ्नतको बीचमा ।
ऊ आफूलाई नितान्त एक्लो पाउन्छ ।
चिसो वायुको हरेक झोकामा
पानीको कण भएझेेै
जीवन को हर क्षण
ऊ मृत्युकेै अनुभूति गर्छ ।
किन हो कुन्नी उसलाई
अरु भन्दा मृत्यु नेै प्यारो लाग्छ ।
तेै पनि ऊ बाच्न चाहन्छ ।
कसैको लागि
जसलाई उसले चाहेको हुन्छ ।
तर विडम्बना यो कस्तो
ऊ सधै त्यही प्रेमिकाव्दारा
तिरस्कृत हुन्छ ।

रचनाकारः- तुल्सी श्रेष्ठ

Thursday, July 18, 2019
Topic(s) of this poem: relationship
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success