जनवादको नाममा पूजिवादको खेती
आफ्नो गास काटेर नेताहरु खुआउने
श्रमिक, सर्बहाराहरुले, उभिएर
चियाउन पनि पाउन्दैनन्
आफ्नै नेताहरुका कंपाउण्डमा ।
तर, तल्लै ओल्लेर मूल ढोका पुगी
स्वागत र बिदाई गर्न पुग्छन्
सामन्ती र उच्च सभ्रान्तहरुलाई
ती हाम्रै सर्बहाराका नेताहरु ।
जनवादको नाममा पूजिवादको खेती
यो कस्तो विचलन नैतिक घरातलको
यहि नै हो कि
समाजिक रुपान्तरण ।
रचनाकार: -तुल्सी श्रेष्ठ
by Tulsi Shrestha
@Copyright Reserved
This poem has not been translated into any other language yet.
I would like to translate this poem