नेपाली कविता—प्रतिघात Poem by Tulsi Shrestha

नेपाली कविता—प्रतिघात

Rating: 3.0

नेपाली कविता—प्रतिघात
गगन छुने आकांक्षा जगायो
मझधारमा छोडि तिमी हरायो ।
घात प्रतिघातको खेल यो कस्तो
सब मृग तृष्णा भई बिलायो ।

तिमीले बालेको प्रेमको ज्योति
न निभ्न सक्यो, न बल्न सक्याे ।
अंन्धकारको संत्रास माझमा
भविष्य मेरो सँधै अलमलियाे ।

निभ्दै ननिभ्ने आगो याे कस्तो
तिर्खा नमेत्ने प्यास जस्तो ।
वासना र यौवनको खेल कस्तो
नैतिकता बिनाको आदर्श जस्तो ।


जब लाचार बन्छन् मायाका रंगीन तरंगहरू
सुस्ताउन धाल्छन् जीवनका उमंगहरू ।
तिर्खा मेत्न निषेध गरिएको प्यासी नदी झेेै
तब छतपताउन थाल्छु म बाँझो आगनमा ।

बैचेन मन, तडपिएको तनले
सहारा खोज्दैछ आफ्नै लाशको ।
यो कस्तो प्रतिफल हो निस्वार्थ प्रेमको
आडम्बर त्यो आत्माविहिन मानवताकाे ।
रचनाकारः— तुल्सी श्रेष्ठ

Sunday, August 13, 2017
Topic(s) of this poem: betrayal
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success