कविताः—नव कोपिला
संगम हौ तिमी, दुई नदीको
प्रतीक तिमी प्रेम मिलनको ।
धडकण तिमी हाम्रो मुटुको
गति तिमी, हाम्रो जीवनको । ।
रंगीयो हाम्रो घर व्दार सब
महलसरि तिम्रो आगमनमा ।
गुन्जियो संगीतको तरंग सबमा
उत्साह उमंग पलायो हामी सबमा ।।
तिम्रो हाम्रो नाता, यो रगतको
प्राण र वायूको, संगम जस्तो ।
खुसी छन् जति, यो सब धर्तीको
अर्पण गर्छौ, तिमीलाई हामी ।।
कृष्ण कन्हेैया, हामी सबका
राजा दुलारा, तिमी सबका ।
प्रेमको साकार स्वरुप तिमी
नव भविष्यको, विम्ब तिमी ।।
कहिले नओईलाउने पुष्प बनि
फुल्यौ तिमी, हाम्रो बाटिकामा ।
नयन केै ज्येाति, बनि तिमी
आयौ तिमी, हाम्रो निरस जीवनमा ।।
प्रतिविम्ब तिमी हाम्रो अतीतको
वर्तमान तिमी, नव दृष्टिको ।
रचना अदभूत यो सृष्टिको
आधार तिमी हाम्रो जीवनको ।।
बग्दछन् नदी, हेर अमृतको
रसपान गर्न तिम्रो अधरको ।
निश्च्छल तिम्रो अधरको मुस्कान
मनमोहक तिम्रो त्यो खिलखिलावत ।।
रचनाकारः—तुल्सी श्रेष्ठ
This poem has not been translated into any other language yet.
I would like to translate this poem