चिया गफ Poem by Medha Upreti

चिया गफ

आज मितीनीसँग
धेरै दिन बाद भेट भयो ।
उहालाई चिया सारै मन पर्छ ।
चिया पिउन फोन गरेरै बोलाए।
'मितीनीज्यु, म चिया पकाउछु ।
आउनुस गफ गरौ न।'
मितीनी साढे तीन तिर आउनु भयो ।
उहाका हात रङ्गिएका रहेछन।
हामी चिया पिउदै गफ तिर लाग्यौ ।
मैले सिधै सोधी हाले,
'मितीनीज्यु, तपाईंले हातमा मेहेन्दी
कता लगाउनु भयो?
कस्तो राम्रो देखिएको छ।'
'हिजो बागबजारमा लगाएको'
भनेर उहाले उत्तर दिनु भयो ।
'अनी मलाई खोइ त चुरा? '
भनेर मैले हात फैलाए ।
मितीनीले ब्यागबाट
हरिया पहेला चुराहरु
निकालेर मलाई दिनु भयो ।
भोली श्रावन सण्क्रान्ती ।
लौ, मैले पनि चुरा लगाए ।
~मेधा

POET'S NOTES ABOUT THE POEM
Tea time chat on bangles and henna tattoo on the eve of Shrawan month onset
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success