नैतिक विचलन राजनीतिमा (भाग क)
भास्सिएको नैतिक धरातलमा उभिएर
समृध्दिको संरचना कोर्नमा नै
बेस्तछन्, भ्रमको खेती गर्ने नेताहरु ।
पदको महिमा नबुझ्ने तर पदभित्र मर्यादा खोज्ने
अनि कुनै हैसियत नै नभएका नेताहरु
बेस्तछनन् सबै, आफ्नै गौरव गाथा गाउनमा ।
विचार, नीति, व्यबस्था र प्रणालीभन्दा पनि
व्यत्तिलाई प्राथमिकता दिने परिपाटीभित्र
मौलाउने नै भयो, सर्वसत्तावादी अभ्यास ।
बाढीमा मिसिएको आशुको भेल र कोरोनाको कहर
हेर्न र सुन्न फुर्सत कहाँ हुनु कसैलाई
बेस्तछन् सबै, सत्ता खोस्न र जोगाउनमा ।
किन्ने हैसियत छ भने, नपाइने पद र नबिक्ने व्यत्ति
सायद छैन बाँकी, लिलाम नहुने पर्दा पछाडीको रंगमन्चमा
कहाँ छ र अवशेष, नैतिकता र सदचरित्रको अब ।
स्वच्छताको नाममा स्वेक्षाचारिता कायम हुने
स्वत्रन्त्रताको आदमा अरुको अस्मिता लूट्ने
कस्तो नजिर, यो देशमा कायम भएछ ।
क्रान्तिको क्रममा कति व्यबस्था र कति नेता बदलिए
तर सामन्ति सोच र संस्कार बदलिएन, बरु
शुरु भए, देशद्रोही चोखिने र नव सामन्ती उदय हुने क्रम ।
देशको काचुली फेर्नेले त आफ्नो पो मुहार मात्र फेरेछ
नैतिक दृष्टिकोण र सदासयताको त परिभाषा नै बदलिएछ
रुपान्तरणको नाममा भष्र्टाचार पो साच्चै संस्थागत भएछ ।
आफ्नो स्वार्थ पूर्ति हुने भए, भष्र्ट पनि योग्य हुने
तर सृजनात्मक प्रतिभा सधै तिरस्कृत हुने
कस्तो यो मानसिकता, कस्तो यो मापदण्ड ।
राज्य संयन्त्र बिचौलियाको कठपुतली बन्दै गए
सामाजिक दायित्वबाट राज्य पन्छिदै गए
अनि हुन्दै गए, शिक्षा र स्वास्थमा पनि निजीकरण ।
जुन मूल्य मान्यता र सिध्दान्त कायम गर्न
जुन विसंगति र असमानता विरुध्द जीवनभर संघर्षरत रहे
अनि सत्ता टिकाउन, क्षणभर मै त्यहि सिध्दान्तको बर्खिलाप गरे ।
रचनाकार: - -तुल्सी श्रेष्ठ
@Copyright Reserved
This poem has not been translated into any other language yet.
I would like to translate this poem