नैतिक विचलन राजनीतिमा (भाग क) Poem by Tulsi Shrestha

नैतिक विचलन राजनीतिमा (भाग क)

नैतिक विचलन राजनीतिमा (भाग क)

भास्सिएको नैतिक धरातलमा उभिएर
समृध्दिको संरचना कोर्नमा नै
बेस्तछन्, भ्रमको खेती गर्ने नेताहरु ।

पदको महिमा नबुझ्ने तर पदभित्र मर्यादा खोज्ने
अनि कुनै हैसियत नै नभएका नेताहरु
बेस्तछनन् सबै, आफ्नै गौरव गाथा गाउनमा ।

विचार, नीति, व्यबस्था र प्रणालीभन्दा पनि
व्यत्तिलाई प्राथमिकता दिने परिपाटीभित्र
मौलाउने नै भयो, सर्वसत्तावादी अभ्यास ।

बाढीमा मिसिएको आशुको भेल र कोरोनाको कहर
हेर्न र सुन्न फुर्सत कहाँ हुनु कसैलाई
बेस्तछन् सबै, सत्ता खोस्न र जोगाउनमा ।

किन्ने हैसियत छ भने, नपाइने पद र नबिक्ने व्यत्ति
सायद छैन बाँकी, लिलाम नहुने पर्दा पछाडीको रंगमन्चमा
कहाँ छ र अवशेष, नैतिकता र सदचरित्रको अब ।

स्वच्छताको नाममा स्वेक्षाचारिता कायम हुने
स्वत्रन्त्रताको आदमा अरुको अस्मिता लूट्ने
कस्तो नजिर, यो देशमा कायम भएछ ।

क्रान्तिको क्रममा कति व्यबस्था र कति नेता बदलिए
तर सामन्ति सोच र संस्कार बदलिएन, बरु
शुरु भए, देशद्रोही चोखिने र नव सामन्ती उदय हुने क्रम ।

देशको काचुली फेर्नेले त आफ्नो पो मुहार मात्र फेरेछ
नैतिक दृष्टिकोण र सदासयताको त परिभाषा नै बदलिएछ
रुपान्तरणको नाममा भष्र्टाचार पो साच्चै संस्थागत भएछ ।

आफ्नो स्वार्थ पूर्ति हुने भए, भष्र्ट पनि योग्य हुने
तर सृजनात्मक प्रतिभा सधै तिरस्कृत हुने
कस्तो यो मानसिकता, कस्तो यो मापदण्ड ।

राज्य संयन्त्र बिचौलियाको कठपुतली बन्दै गए
सामाजिक दायित्वबाट राज्य पन्छिदै गए
अनि हुन्दै गए, शिक्षा र स्वास्थमा पनि निजीकरण ।

जुन मूल्य मान्यता र सिध्दान्त कायम गर्न
जुन विसंगति र असमानता विरुध्द जीवनभर संघर्षरत रहे
अनि सत्ता टिकाउन, क्षणभर मै त्यहि सिध्दान्तको बर्खिलाप गरे ।

रचनाकार: - -तुल्सी श्रेष्ठ
@Copyright Reserved

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success