अन्योल
अवस्था के हो, ठम्याउन गाह्रो
अनभिज्ञता भित्र रुमल्लिन संसार
सोच्छु एक भईदिन्छ अनेक
चिमोटच्छु झस्कन्छ जीवन
आँखा चिम्लन्छु
अन्योल यथावत् l
लाग्छ
गहिरो निन्द्राविच अलौकिक दुनियामा
मल्लिन छु
विचारशिल मस्तिस्क
सन्तुलित इन्द्रियको अभाबबाहेक
अथाह सुखमा छु
आँखा खोल्छु, सामाजिक भुमरिबिच
चिच्याहट रोदनमाँझ
निस्सासीरहेको छु
बेफुर्सदी बर्तमान झेल्न
मस्तिस्क एबं इन्द्रियहरु प्रबेगमा राख्छु
यद्धपी अथाह दु: खी छु ll
थाह छैन अन्धो यात्रा
कुन दुर्घटनामा अन्त्य हुने हो
गन्तव्यहिन सवारी ठोकिन्छ नै
अनभिज्ञतामा झुमेर
जन्मपस्चात किन यो
जीवनरुपी दौडमा
सहभागीताको अनिवार्यता?
किन यो दौडको नै जरुरत?
आँखा खोल्छु
अन्योल यथावत् lll
This poem has not been translated into any other language yet.
I would like to translate this poem