दोभानमा भ्रष्टमनको साथ, म पनि उभिएकै छु,
इतिहासले डोर्याइ ल्याएको यो कठिन पलामा,
आफ्नो भौमत्यागको परिस्थीतीमा छु।
तर! तिमी अझै पनि झुठो स्वाभिमानको कावर विछ्याएकै छौ।
कातँर मनमा छँडुलो विचार बोकेर,
दोषका औला अरुतर्फ वक्राएकै छौ।
तर, यो विडम्बनाको भागीदार हामी दुवै हौँ, हामी जो,
लोकतन्त्रको छदन मुनी, भ्रष्टतन्त्र पकाइरहेका छौं।
अर्थको अनर्थ लगाउदै, अनर्थको अर्थ खोजीरहेका छौं,
हामी जो, कर्म विना फलको आस लगाइरहेका छौं।
हाम्रो बाटो एउटै छ: संविधान,
फेरी पनि, कता जाने? ओझेलमा पर्दै छौँ,
नयाँ युग पर्खदै छौं, वर्तमानबाट तर्कदै छौँ,
भ्रष्ट आचारको बाटोमा हिड्दै, भोलीबाट तर्सदै छौँ।
नेपालको भ्राता हामी, भ्रातृत्वको नाता गाभिएको छ,
देशको भविष्य ' तिमी र म' मा नै लेखिएको छ।
आजको दिनमा यति फरक छ कि 'तिमी र म' मा,
तिमी कपटी कुवेर, अट्टहास हासीरहेका छौ,
म पौरखी नेपाली, आसैआसमा बाचीँ रहेको छु
This poem has not been translated into any other language yet.
I would like to translate this poem