माया Poem by Bibek Ghimire

माया

एक टक्कर भइ हेर्छु तिमीलाई,
एक नास ले नियाल्न देउ,
त्यो ओठको स्वाद,
त्यो मेरो तिमी छौ भन्ने एहसास,
त्यो मधुर मुस्कान,
निकटताको आभास,
ओहो त्यो सुगन्ध,
त्यो बढ्दो तापमान,
अत्मियताको त्यो प्रयास,
सुमधुर ती आवाज,
हाय ती तिमी र म हामी भएको पल,
माया मा फुलेको फुल,
शब्दमा भएनि सिमित ती तारा र जुन,
मिठो मुस्कान अनि मै हु तिम्रो भन्ने त्यो शब्दका वाण! ! !

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success