The Red Diary Poem by Rajan Thapaliya

The Red Diary

Rating: 5.0

कथा 'रातो डायरी''
# राजन थपलिया (New York USA)
मानब बस्ती को साघुरो खोर बाट बाहिर निस्किदा आफै लाई पाए निलो आकाश मुनी र दौड्न थाले आगन पिढी हरु मा बगर- बगर डुल्दै पौडी खेल्दै कहिले तोरी बारिमा उफ्रीदै त कहिले कालीला सिरुको सुइरा हरु टिप्दै, जब मानब भएको अस्तित्व बोध भयो तब हृदयमा प्रेमको ताज महल नै पाए । त्यही वरपर प्रेमको सौन्दर्य मगमगाइ रहेको थियो । तस्बिर हेर्दा पनि सँगै भएको अस्तित्व बोध गराउथ्यो । जिन्दगीमा त्यही शब्द प्राण बायुमा भरिएको थियो र एक्कासी कराउन पुगे…..सायद त्यो आवाज हरुले भन्दै थियो…..तिमी मात्र तिमी ''
कुनै बेला म अस्पतालको सैयामा छट्पटाइ रहेको थिए । शरिरले ओ नेगेटिभ ब्लड मागिरहेको थियो डाक्टरले ओ नेगेटिभ ब्लड ग्रुप भएको कोही छ भन्दा एक ब्युटिफूल नर्सले मेरो पनि सेम ब्लड ग्रुप हो भन्दै तिमी ले नै रगत दिइ मलाई बचाएको थियौ । त्यस पछी मेरो शरिरमा तिम्रो रगत बग्न थाल्यो। नसा-नसा हरुमा, म यती आभारी भए कि बर्णन गर्ने कुनै शब्द भएन । मेरो सुन्य-सुन्य जिबन धन्य-धन्य भएको छ। अचानक खाली मनमा रङ्ग भरी दिदा यस्तो लाग्यो प्रेमको ताज महल नै खडा गरी दियौ । त्यही सौन्दर्यता मगमगाइ रहेको मेरो जिबन वरिपरी तिमी यादमा आउछौ घरी-घरी। तिमी आफैमा सम्पन्न मान्छे, सम्पन्नता भित्र सुन्दरता अनि सुन्दरता भित्र को त्यो महानता देखेर तिमी सामु उपस्थित भए गुलाब को फूल लिएर………..
त्यस्तो बिचार मिल्ने माया गर्ने मान्छे पहिला कहिले भेटेको थिइन । कहिले काही म भन्ने गर्थे..…प्रिया किन हाम्रो भेट भगवानले यति ढिलो गराएको होला है? र उनि भन्थिन भाग्यमा जे लेखेको छ त्यही नै भोग्नु पर्छ, राज म ढिलो भन्दिन, हाम्रो उमेर पनि त कती नै भएको छ र?
हामी ले एक अर्का लाई कहिले "आइ लब यु'' भन्ने शब्द नै प्रयोग गरेनौ किनकी त्यो शब्द झुटो हुन सक्थ्यो तर त्यो शब्द भन्दा धेरै अत्मिय थियो हाम्रो सम्बन्ध
यसरि नै तीन बर्ष बिती सकेछ। त्यस अबधिमा कयौ बर्षात हरु एउतै छाता मुनी काटेयौ, जिन्दगी का हरेक पल हरु साटेयौ, यती सम्म मायामा डुबेयौ कि खुशीको आसु छचल्किएर बर्षात भइरहदा अनायासै कहिले अपरिचित बटुवा लाई झै ढुङा मुडा बर्षायौ त कहिले सितल छहारी नै सम्झी यो छातीमा निदायौ ।
यस्तो लग्थ्यो जिबनमा असल साथी बनाउन सक्यो भने जिबन सार्थक हुन्छ भन्थे त्यसैको खोज हौ तिमी, यो निस्चल मनमा फुलेको रेड रोज हौ तिमी
उनि पनि मेरो नम्र बोली र मायालु ब्यबहारले रोमियोको जुलियट जस्तै भइ सकेकी थिइन सयाद आत्मिय माया गर्नेहरु लाई नै थाहा होला।
एकदिन क्याफे मा अचानक मेरो हात समात्दै प्रश्न गरिन
राज, यो संसारमा तिमी लाई सबै भन्दा सुन्दर लाग्ने चिज के हो?
मैले भने, प्रिया मलाई संसारमा सबै भन्दा सुन्दर तिमी लाग्छ । तिमी सँग अरु केहि कुरा तुलना हुनै सक्दैन डियर्
तर किन? उनले प्रश्न गरिन
किनकी जहाँ तिमी हुनछौ त्यही म आफु पनि जिउदो छु है भन्ने आभास हुन्छ। हो प्रिया, तिमी ले नै मलाई त्यो दिन बचाएको थियौ । तिमी बिना मेरो संसार आफैमा निरिह छ। अचानक यदी तिम्लाई गुमाउनु पर्यो भने म कसरी बाच्छु होला?
प्रियाले मेरो कपाल सुम्सुम्याउदै भनिन 'त्यस्तो कुरानी गर्छन त? जिन्दगी कस्को हातमा हुन्छ राज । 'यदी दैब ले मलाई लुटेर लाग्यो भने पनि झझल्कोमा आइ हावा बनी सताइ रहन्छु, तिम्रै वरिपरी छाया बनी पच्छाइ रहन्छु'
हात बाट छुटेको चङ्गा झै शहरको ब्यस्त जिबनमा समय उड्दै थियो मौसम परिवर्तन सगै रुखका हागा हरुमा पालुवा पलाउदै थियो ।
त्यती बेला तिम्ले भनेको शब्द-शब्द ले पोलिरहन्छ अचेल मलाई
तिम्ले भनेकी थियौ, अब तिम्रो पि.एच. डि. पनि सकियो म निकै खुशी छु " I'm So Proud Of You sweetheart"
अब भबिश्यको बारेमा पनि केहि सोच, सदा भन्दा आज अलि गम्भिर हुँदै भनिन। उनले म तिमी लाई गुमाउन चाहन्न, राज । केहि उतर दिन सकिन मैले, उनि नै बोली रहिन के सोचेको छौ मेरो बारेमा भनन प्लिज, तिमी त मेरो हृद्यको मान्छे, यो जन्ममा भुल्न त के एक-पल पनि नसम्झेको त्यस्तो कुनै दिन छैन। मलाई बुझ्ने कोसिस गर प्लिज्' उनको अन्तिम बाक्य यही नै थियो ।
अर्को दिन मन त्यसै भारी भइ रहेको थियो । अचानक प्रिया लाई फोन गरे, अझै मेरो विवाह गर्ने उमेर भएको छैन। म राम्रो करिअर बनाउन चाहन्छु। यो देशको प्रतिष्ठित मान्छे हुन चाहन्छु । घर परिवार बाट पनि दबाद थियो । देशमा इज्जतदार ब्यक्ती भई बाउ आमाको सपना पुरा गर्ने, तिम्रो अघी त्यो करिअर केहि होईन प्रिया तैपनी थाहा छैन मलाई कस्तो बन्धन ले बाधेको छ। म तिमी लाई अहिले नै स्विकार्न असमर्थ छु। I'm so sorry Priya, try to understand me. त्यस अघी यसरी उनको मुड अफ भएको मलाई कहिले थाहा थिएन । जे भने पनि कहिले नरिसाउने आहा! कस्तो राम्रो मान्छे थिइन उनि
अन्तिम भेटमा सेतो रुमाल ले बेरिएको रातो डायरी दिएकी थिइन । उनले तर आसु बाहेक अरु केहि दिन सकिन मैले,
सेतो रुमाल को बिचमा लेखिएको थियो ''मुटु भरीको माया तिमी लाई'
त्यही डायरीमा उनै प्रती समर्पित हजारौ कबिता लेखे शब्द-शब्द स्पर्स गर्दै सपनीमा कयौ पटक भेटे
अचेल हरेक पल प्रश्न गर्छु। आफै लाई करिअर र प्रेम लाई सँगै लगेको भए कती सुन्दर हुन्थ्यो मेरो संसार
साच्चै जिबन्-जिबन जस्तो हुन्थ्यो। तर धिक्कार छ मलाई, जस्ले मलाई जिबन दियो उसै लाई मैले रुवाए,
समय ढल्दै गयो, डायरीको पाना हरु च्यातिएर गए, रुमाल पनि हरायो तर उनको याद भने कहिले हराएन
यदी हामी एक अर्कामा रुपान्तरण हुन सकेको भए छाती लाई क्षितिज बनाएर सन्ध्यामा दुबै लाई समेट्न सक्थ्यौ । हृदयमा खुशीको लहर उठाएर सगरमाथा लाई निहुराउन सक्थ्यौ । तर पल-पल लोड सेडिङ हुँदा जिन्दगीमा अध्यारो छाही रह्यो। सोचेको पनि थिइन कि जिन्दगी को बाटो हरु एक्लै हिंड्नु पर्छ भनेर ।
आज तिमी कहाँ छौ, म कहाँ, भेटु कसरी समुन्द्रको सुष्म छाल हरुमा सम्झनाको बिशाल छाती हरुमा.....
साझा पख जब शहर झिलिमिली हुन्छ । अनि त्यो सुनसन हरुले तिम्रै याद बोकेर आउछ। अनि यतै कतै पो छौ कि भन्ने आभास गराउछ ।
सिरिसिरी हावा चल्दै थियो । केश फरफराउदै थियो अचानक एउटा आवाज गुन्जियो कानमा, राज तिम्लाई कस्तो छ? आफ्नो ख्याल गर है । तप्प आसु झर्यो उनकै सम्झनामा त्यसै मुटु भरिएर आयो। अनि तिमी भन्थ्यौ नि प्रिया "टाढा भए नि सधै भरी झझल्कोमा आइ हावा बनी सताइ रहन्छु, ‘'तिम्रै वरिपरी छाया बनी पछ्याइ रहन्छु ''

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success