तीन खेलहरु
तीन खेलाडीहरु
प्रत्येकले आफ्नो खेल मात्र खेलिरहेका छन्
आर्कोलाई परास्त गर्न
एउटालाई आर्कोको बिरुद्ध प्रयोग गरेर
पराइको आशिर्वाद लिन
प्रतिष्पर्धा गरेर
प्रत्येक ती खेलाडीहरु
पावरको ककपिटमा
आफै मात्र बस्न चाहन्छन्
राजनीतिको दाउमा
जनताको नाउँमा
यसरी ख्याउटे भएको जनता
आफ्नै मुलुकमा बहादुर हुदैछन्
काठमाण्डौको रिङरोड भित्र
साघुरिएको यो मुलुक
क्षीण हुदै गएको छ
आन्तरिक तागत सकिएर
त्यसैले त टन्न मोटाएका छन्
विदेशी शाहुहरु
र, स्वदेशी आसेपासेहरु
गरिवी निवारणको ब्यापार गरेर
प्रजातन्त्रको पसलमा
हिंसाको खरिद बिक्री गरेर
रेडियो सगरमाथा बाट प्रशारण गरेको
२०५९
This poem has not been translated into any other language yet.
I would like to translate this poem