खतरनाक घुम्तिहरु
एकपछि आर्को
यति चाँडो आइरहेका छन्
सधैँ दबाइएको मान्छेको जीवनमा
जसले सधैँ सम्झौता गरेको छ
सहरमा रम्ने जीवनसँग होइन
भीर पाखामा भेटिने मृत्युसँग
त्यस्तो मान्छेलाइ जीवनसँग जति मोह हुन्छ
त्यो भन्दा धेरै अराजक बन्नमा गर्व हुन्छ
जब उस्ले रोमान्चकारी तरलताको प्रवाह फेला पार्दछ
उस्लाइ लाग्न सक्छ
ठीक बाटोबाट बल्ल पो यात्रा सुरु भएछ कि?
यसरी एउटा ज्वालामुखी बन्न सक्छ
आफ्नै मुलुकामा हराइरहेका
मान्छेको मन भित्र हुने
निर्णायक अनवेषणको
शनिवार, कार्तिक २५, २०५८
This poem has not been translated into any other language yet.
I would like to translate this poem