एक्ली म Poem by Pratikshya Sedhain

एक्ली म

आज यो शहरको कोलाहलामा एक्ली म
बिस्तारा मिलाउदै
किताब अनि कलम समाउदै
गहभरी आसु टिल्पिल टिल्पिल पार्दै
मुहरमा मन्द मुस्कन लिई बसेकी एक्ली म
साहारा हुँदापनी बेसाहारा भएकी एक्ली म
दिनको उज्यली र रातको अधेरिमा
हास्दै गुङुनाउदै बसेकि
कोल्टे फेर्दै रात तन्द्रामा काटेकि
अनगिन्तिको भिडमा आज एक्ली म
एता उता आखा डुलाउदै
अनेक सपनाहरु बुन्दै
त्यो कालोपत्रे सडकमा अघी बढीरहेकी एक्ली म
आकाश्को तारा एक दुइ गर्दै
आफ्नो तन्द्रालाई निन्द्रा बनाउन खोजिरहेकी एक्ली म
ईमरजीन्सी लाईटको साहारामा
किताबका एक एक पाना पल्टाउदै
आफ्नो भविस्यलाई
सुर्यको उल्ज्यली दिईरहेकी एक्ली म
सुनौला सपनालाई गती दिईरहेकी एक्ली म
एक्ली म एक्ली म

Thursday, May 19, 2016
Topic(s) of this poem: fragility
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success