हरियाली ओढेको छु Poem by Basanta Lohani

हरियाली ओढेको छु

तिम्रो प्रत्येक बिहानीमा
मैले हरियाली ओढेको छु
जीवनको हरेक क्षणमा
एउटै गीत गाएको छु

कस्तो माया पाए मैले जिउने रहर
कस्तो बाचा बाधे जीवन प्रोज्वल
मुटुको हर ढुकढुकीमा
तिमी श्वास भइरहेछ्यौ
जीवनको हरेक क्षणमा
सहयात्री भइरहेछ्यौ

तिमी साथ रहुन्ज्येल माया म हर सङ्ग्राम जित्छु
तिमी बोली राख प्रित म लेख्छु
तिमी केबल स्वर दिईराख
जीवन गीत म गाईरहन्छु
अनि तिम्रो पूर्णतामा
सम्पूर्ण म हुनेछु

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success