हे यात्री Poem by Basanta Lohani

हे यात्री

यात्री धेरै छन्
तर कुन यात्राबाट कहा पुग्ने
देबालयमा पुग्ने कि
अनाथालयमा पुग्ने
प्रश्न अहम्‌को होईन
जन जिबिकाको हो अहिले
यो कस्तो भाग्य छ हाम्रो
एउटा यात्रीको सफलतामा
हामी सफल हुनु पर्ने
उस्को बिफलतामा
पुरा रास्ट्र विफल हुनु पर्ने
हे यात्री
तिमी बिशेष छौ
धन्य छ तिम्रो यात्रा

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success