त्यो सानो सुन्दर बस्ती
जहा सूर्यको किरण फैलिन सकेन
घाम छेकेर बस्नेहरुको डफ्फा
लुगलुग कामेकाहरुलाई देखाएर
तिनलाई न्यानो दिलाउन
तिनैको नाममा
रगतको बिस्कुन सुकाईरहेका छन्
यस्तो डफ्फाहरुको अदली बदलीमा
सिमित भएका ती जिन्दगीहरु
सपनाको खरिद बिक्रीबाट
फस्टाएको बजारलाई
टोलाएर हेरिरहेका छन्
ल फेरि आर्कै डफ्फा आएछ
तर त्यो बस्ती भित्र
अध्यारो उस्तै छ
ती झन् कामिरहेका छन्
फरक यत्ति हो
आज त्यो दृष्य
अझ टढैबाट देखिन्छ
This poem has not been translated into any other language yet.
I would like to translate this poem