जीवन Poem by Deepak Joshi

जीवन

अरु लाई बनाउने लहडमा म आफै बिग्रदै गए
गिरेको समाज उठाउने प्रयासमा म आफै गिर्दै गए
नखाएको ऋण तिर्दा तिर्दै म आफै गरिबीदै गए
हाँसेर बाच्ने चाहनामा मैले आखा बाट आँसु खसाए
सुनौलो भबिस्यको चाहनामा मैले मेरो बर्तमान गुमाए
सुखै सुखको अविरल खोजिमा मैले धरै दुख बेसाए
सम्म्बंदको गाठो बाध्ने प्रयासमा सम्म्बंदनै टुटाए
कसैलाई पाउने चाहनामा मैले आफै लाईनै गुमाए

साएद असफलताको बाटोमा मेरो प्रयास पर्याप्त थिएन
एक्ले हिड्नेहरुको भिडमा साथीको आवस्कता थिएन
बिस्वाश र भरोशाको मैदानमा भाग्यको खेल खेल्न मलाई कहिल्यै आएन
त्यसैले होला जीवन चलि नै रहे पनि खुशी को अनुभब कहिल्यै भएन

Tuesday, June 26, 2018
Topic(s) of this poem: poem
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Deepak Joshi

Deepak Joshi

Tanahun, NEpal
Close
Error Success