काँग्रेस हुनै सकिनँ Poem by Deepak Joshi

काँग्रेस हुनै सकिनँ

म हरेक साँझ रक्सीमा चुर्लुम्म डुब्न सकिनँ
मैले नैतिकता सबै बिर्सिएर
परीक्षामा चोर्न र परीक्षा नै अरूलाई दिन लगाउन पनि सकिनँ
आफ्नै कुनै लेभल नभएकासँग
रेड र ब्लाक लेभलको स्वाद लिन सकिनँ
फाटेका चोलीहरू अझै फटाएर
त्यतातिर तीर हान्ने मनै गरिनँ
घरकी स्वास्नी रुवाएर अरूकी स्वास्नी घुमाइनँ
सत्ताको खोजीमा इमान बेच्दै बेचिनँ
आफू यतै बसेर पनि
आफ्नो रातो पासपोर्टलाई विदेशमा घुमाइनँ
हो हजुर त्यसैले म
कालो टोपी बीचमा भाँचेर टिलिक्क टल्काएर लगाउने
चिल्लो सुकिलो खाँटी काँग्रेस हुनै सकिनँ! !

Tuesday, June 26, 2018
Topic(s) of this poem: poem
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Deepak Joshi

Deepak Joshi

Tanahun, NEpal
Close
Error Success