ठान्थें साथी मेरो तँलाई, रैन रैछस तँ
सबै भन्दा छेउको भाई, हैन रैछस तँ |
चिनजान हुँदा बच्चा नै थिस, मन दुलाई हिड्ने
यती साल बित्दा ठुलो, भैन रैछस तँ ||
भीर बाट खासे जस्तो तेरो बिचार थियो
अझै पनि उकालो चै, गईन रैछस तँ |
सबै भनदा छेउको भाई, हैन रैछस तँ ||
जीउ बढ्यो, दिमाग बढ्यो, कपाल - दारी बढ्यो
सोचने सक्ति बढाउनु सक्या, छैन रैछस तँ |
यती साल बितदा ठुलो, भैन रैछस तँ ||
This poem has not been translated into any other language yet.
I would like to translate this poem