त्यो रात Poem by Basanta Lohani

त्यो रात

परसम्म फैलिएको
पातलिएको त्यो पहाडी जङ्गलको
उकालो वरालो बाटोमा
रात परेपछि म्यान्टोलको उज्यालोमा
दुइ लाइनको बजार बसेको छ
पेय पदार्थको त खोलो बगेको छ

हिड्नेहरुको ठेस मठेस
लठ्ठिएका, , युबा युबतीहरु
मात्तिएर केही खोजिरहेका छन्
कहिले नचिनेका अनुहारहरु
एक आपसमा झाँकिरहेका छन्

बाटोको अलिक वरपर
ठाउँठाउँमा
धमिलिदै गएको उज्यालोमा
नचिनिने रमितेहरु
मदलको तालमा
फराकिलो घेरा भित्र
नाचिरकहेका छन्
केही खोजिरहेका छन्

तलतिरको दोबाटोमा
कुनैबेला बाघ भालु हिडको जङ्गलमा
सरदपारीबाट आएका मधिसेहरुले
बाग भालुको ठूल्ठूला चित्र टागेका छन्
एउटा ठूलो पाल भित्र
उनिहरु सर्कस देखाइरहेका छन्

जङ्गलको परपरका थुम्काहरुमा
जोडीजोडी मिलेर
आगो तापेर लठ्ठिइरहेका छन्
घरबाट टाढा
त्यो खुला आकास मुनि
त्यो उन्मुक्त बाताबरणमा
कौतुहल, जिज्ञासा र हराउने चाहनामा
एक रातको लागि
प्रवाह बनेर आएको त्यो झुणड
क्रमवद्ध छरिएको छ

भरिएको रात भित्र
जताततै रमाइलो मात्र
प्राय सबैजसो लोभी आँखाहरु
रमाइलो खोज्ने
उत्तेजना खोज्ने
र, अन्तत पोखिन खोज्ने
त्यो रातमा लजाएको बादलले
घुम्टो काटेको थियो
त्यसैले ती पोखिएका अनुहारहरु
कहिले एक आपसमा चिनिएनन्

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success