पिता प्रति
त्यो नेपालीलाई पिता भन्न पाउदा
मलाई गर्व लाग्छ
जस्ले यस मुलुकलाई प्रशस्त माया गरेको छ
त्यसैले त्यो नेपालीलाई सम्झदा
मेरो छाती ठूलो हुन्छ
आकाशको सेरोफेरो गर्न सक्ता
युद्ध सगरमा मात्र होईन
स्वाभिमानी मान्छेले जीवनमा लडेको हुन्छ
ईमान बचाउन
आस्था जोगाउन
भोलिको उज्यालोको लागि
एउटा द्वीप जलाउन
विवेकको उज्यालोमा लडिने युद्धमा
अझ बीरता चाहिन्छ
त्यो बीरता मैले उनमा प्रशस्त देखेको छु
उनको विवेक-बीरले
शक्ति लोकको दर्शन गरेका
या ईमानको सूदन गरेका
ती आति प्रचणडहरुको सातो उडाएको
मैले स्वयम् देखेको छु
त्यो अदम्य साहस उनको
अनि सगर छुने आत्म विश्वासलाई
जति श्वास-प्रश्वास गर्न खोज्छु म
अनि लाग्छ कति कठिन छ त्यो-
जुन उनको जीवन बनेको थियो
जिन्दगी एउटा छोटो वसन्त
अनि मान्छे एझटा फूल
उनी स्ययं भन्थे
उनि जसरी फूल्न सके एउटा फूल बनेर
त्यो फूलको लालिमामा
आकाशको ईमान प्रज्वलित भएको छ
शंघर्षले फुक्न पाएको छ
एउटा साधारण मान्छे उनि
समयको गुरुत्वाकर्षणबाट
उठ्न खोज्ने जमर्को गर्नु
स्वयम्मा एउटा चुनैति थियो
एउटा अदम्य साहस थियो
त्यो धरातलबाट उठेर
राष्ट निर्माणको ठोका खोल्नु
एउटा ठूलो युद्ध थियो
अनि एउटा ठूलो विजय पनि
हुरी बतासमा पनि
ईमानको द्वीप निभ्न दिएनन्
मुलुकलाई सधैँ माया गरे उनले
त्यसैले त्यो नेपालीलाइ आज सम्झदा
त्यो नेपालीको गौरवलाइ अहिले सम्झदा
मलाई गर्व लाग्छ
अत्यन्त गर्व लाग्छ
(२०६१ साल माघ १५ गते सुक्रवारको दिन प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा रसियन कल्चरल सेन्टरमामा आयोजित वेदप्रसाद लोहनी स्वर्ण पदक वितरण समारोहमा वाचन गरिएको)
This poem has not been translated into any other language yet.
I would like to translate this poem