मृत्युलाई चुमेर बाँचेको
त्यो मान्छेको लागि
के दुःख, के सुख
नदीको वहने धर्म
न रात, न दिन
न पहाड, न जङ्गल
न भीर, न पाखा
जिन्दगी यस्तै एउटा प्रवाह
समयको गतिसँगै
लयवद्ध भएको सङ्गीत
यदि प्रतिध्वनित हुन सक्छ भने
माटोको एउटा मिठो धुन बनेर
जहाबाट म आए
त्यही समाहित हुने
अनि जीवन जिउदो हुनेछ
यदि गुनगुनाउन सके भने
त्यो मिठो धुन
जस्को सङ्गीत संयोजन गर्दा
अहिलेसम्म बाँचेको छु
आफ्नै माटोको भाखामा
कुण्डलिनी
चैत्र, २६, २०५७
बेलुकी ७ बजे
This poem has not been translated into any other language yet.
I would like to translate this poem