के सोचे के भयो Poem by Basanta Lohani

के सोचे के भयो

के सोचे के भयो जीवनमा
रहर त्यसै विलाए
बाच्नु हो बाची दिन्छु
अब बाकी नै के छ र?

जिन्दगी बिँउझिएको थियो तिम्रो मायाले गर्दा
ती ठुला आँखाहरुको चोखो भावले गर्दा
एउटा सिङ्गो सपना अटाएको थियो त्यहा
म झनझन रमाउदै गएको थिए जहा

के देख्नु के भोग्नु जीवनामा
जीवन त्यसै वईलायो
बाच्नु हो बाची दिन्छु
अब बाकी नै के छ र?

तिम्रो साथ भए पनि मन मरिसकेको छ
टुक्रा टुक्रा भएका छन् सलवलाएका सपनाहरु
जोडिइदैनन् अव ती छरिएका टुक्राहरु
लखेट्दै छन् मलाई ती हिजोका बिपनाहरु

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success